सोमबार, असार ९, २०८२

मोबाइल सिममा भ्रष्टाचार गर्नु अपराध हो भन्ने अख्तियारले भ्रष्टाचारीको फाइल खोल्न किन सकेन ? : भण्डारी

नेपालखोज २०७९ फागुन ३ गते १४:३४

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टचारीहरुको फाइल खोल्न नसकेको भन्दै आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोवाइल सिमकार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको तर भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही गर्न नसक्नु बिडम्बना भएको बताए ।

‘उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसको डरले रोकेको हो ?’ उनले प्रश्न गरे ।

उनले भने, ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग’ उनले भने, ‘अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ । त्यो तरिका के हो ? यो नाटक, के नाटक, के का लागि नाटक ?’ उनले संसदलाई विभिन्न विषयहरुको छलफलको थलो बनाउनु पर्ने बताए ।

संसदलाई जनताको आवाज सुन्ने, पीरमर्काबारे छलफल गरेर निकास दिने थलोको रुपमा विकास गर्न सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया