आइतबार, असार १५, २०८२

ग्यास सिलिन्डर पड्किएर कांग्रेस सांसद चन्द्र भण्डारी घाइते

नेपालखोज २०७९ फागुन ४ गते ६:५५

काठमाडौं । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट भएर नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डार र उनकी आमा घाइते भएका छन् ।

बुद्धनगरस्थित निवामा बुधवार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका छन्। भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको बताईएको छ भने उनकि ८६ आमाको शरिरको ७० प्रतिशत भाग जलेको छ ।

उनिहरु दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया