सोमबार, असार ९, २०८२

कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नेपालखोज २०७९ फागुन ४ गते ९:४९

काठमाडाैं । नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराएका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया