सोमबार, असार ९, २०८२

सांसद भण्डारीलाई मुम्बई लैजाने तयारी

नेपालखोज २०७९ फागुन ४ गते ११:०४

काठमाडौं । ग्यास विस्फोटपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट मुम्बई लैजाने तयारी गरिएको छ ।

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका गुल्मी क्षेत्र नं. १ का कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ । उनलाई मुम्बईस्थित नेस्नल बर्न अस्पताल लैजाने तयारी भइरहेको छ ।

उनको शरिरको २५ देखि ३० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि मुम्बई लैजान लागिएको हो । कीर्तिपुर बर्न अस्पतालले थप उपचार गर्न मुम्बई लैजान सिफारिस गरिसकेको छ ।

भण्डारीसँगै घाइते भएकी आमाको अवस्था पनि गम्भिर छ । आमाको शरिर ७५ प्रतिशत जलेको छ । आमालाई थप उपचार गर्न अस्पतालले सिफारिस गरेको छैन ।

बुद्धनगरस्थित भण्डारीको निवासमा बुधवार राती ग्यास सिलिण्डरबाट आगलागी भएको थियो । घटनामा परेर भण्डरीसहित उनकी ८६ वर्षीया आमा गम्भिर घाइते भएका थिए । घटना लगतै उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

प्रतिक्रिया