आइतबार, असार १५, २०८२

आमाको थैलिमा शिशु कङ्गारु

नेपालखोज २०७९ फागुन ४ गते १५:१०

एजेन्सी । आमा कंगारुको पेटमा भएको थैली र त्यसमा बसेर बाहिरि संसार हेरिरहेको शिशु कङ्गारु ! यदि कसैलाई आँखा बन्द गरेर कुनै कंगारुको कल्पना गर्न भनियो भने सम्भवतः सबैको मस्तिष्कमा यस्तै फ्रेम उभरिन्छ । यो तस्बिर बेलायतस्थित चेस्टर चिडियाखानाको हो । यी आमा-छोरा कङ्गारु वोन्डिभोई नामक प्रजातिका हुन् , जुन अत्यन्त दुर्लभ छ ।

२०१८ मा यो प्रजातिको कङ्गारु पुन: देखा पर्नु अघि यसलाई विलुप्त प्रजाति मानिएको थियो। अब अनुसन्धानहरु मार्फत यी कङ्गारुलाई मद्दत गर्ने उपायको खोजि भैरहेको छ, ताकि यीनीहरूले जंगलमा आफ्नो अस्तित्व रक्षा गर्न सकून् । कंगारुका बच्चालाई अंग्रेजीमा जोई भनिन्छ । यीनिहरु जन्मको समयमा निकै साना हुन्छन् – करिब साढे दुई सेन्टिमिटर लामा । त्यसैले आमा कङ्गारुले शिशुको जन्मपछि उसलाई आफ्नो पेटको थैलीमा राख्छिन् । यो बाक्लो थैली फर जस्तै निकै नरम हुन्छ । यो थैलिले शिशु कङ्गारुलाई सुरक्षित राख्छ ।

जन्मको लगभग चार महिना पछि शिशु कङ्गारु पहिलो पटक थैलीबाट बाहिर आउन थाल्छ, तर केही समयका लागि मात्र । अलिकति हिँडेपछि ऊ पुन थैलीमै फर्कन्छ । करिब १० महिनाको पुगे पछि उसले थैलीको बास पूरै छोड्छ । ठूलो पंजा र बलियो खुट्टाका कारण कंगारुहरू तिब्र गतिमा दौड्न सक्छन्, लगभग ५६ किलोमिटर प्रति घण्टाको गतिमा । लामो र शक्तिशाली पुच्छरले कङ्गारुलाई जम्प गर्दा सन्तुलनमा राख्न मद्दत गर्दछ ।

कङ्गारु निकै शान्त र मायालु देखिए पनि तिनीहरु संग लड्ने हिम्मत जो कसैले गर्न सक्दैनन् किनभने जब कङ्गारु लडाईमा उत्रन्छन् निकै कडा लात – मुक्का प्रहार गर्छन् । बढ्दो गर्मी , बारम्बारको खडेरी तथा जंगलमा लाग्ने आगो जस्ता कारणले कङ्गारुको प्राकृतिक बासस्थान घट्दै गएको छ भने उनीहरुको प्रमुख भोजन घाँस र झाडीको अभाव बढदै गएको छ ।

प्रतिक्रिया