शनिबार, वैशाख १३, २०८२

राशिअनुसार शिवजीको अभिषेक

नेपालखोज २०७९ फागुन ४ गते १६:००

महाशिवरात्रिमा राशि अनुसार शिवजीको पूजा गरे अत्यधिक लाभ हुन्छ भने घर–परिवारमा खुसियाली छाउँछ । हेरौं, राशिअनुसार शिवजीलाई प्रसन्न गर्ने उपाय ।

मेष
मेष राशिका स्वामिहरुले गंगाजलमा सख्खर ( गुड ) मिसाएर शिवलिंगको अभिषेक गर्नुपर्छ । यसका अतिरिक्त ओम नमः शिवायको जाप पनि लाभदायक हुन्छ ।

वृष
महाशिवरात्रिको दिन दूध तथा दहीले शिवलिंगको अभिषेक गर्नुपर्छ । यसबाट आर्थिक संकट समाधान हुनुका साथै बेरोजगारहरुले रोजगारि प्राप्त गर्न सक्छन् ।

मिथुन
महाशिवरात्रिको दिन उखुको रसले शिवलिंगको अभिषेक गर्नु उत्तम हुन्छ । यसका साथै शिवजीलाइ धतुरो अर्पित गर्नुहोस् । यसबाट मानसिक समस्या – चिन्ता समाप्त हुनेछ ।

कर्कट
कर्कट राशि हुनेहरुले दूधमा सक्खर मिसाएर शिवलिंगको अभिषेक गर्नुपर्छ । यसबाट घर–परिवारमा खुशहाली आउँछ ।

सिंह
पानीमा रक्तचन्दन मिसाएर शिवलिंगको अभिषेक गर्न सकिन्छ । यसबाट सबै मनोकामना पूरा हुनेछन् भने नोकरीसँग सम्बन्धित समस्या समाधान हुनेछ ।

कन्या
कन्या राशिका स्वामिहरुले जलमा दुबो तथा भाङ मिसाएर शिवजीको अभिषेक गर्नुपर्छ । यती गरे पुरानो बीमारीबाट मुक्ति पाइन्छ ।

तुला
महाशिवरात्रिका दिन घिउ र गुलाब जलले शिवलिंगको अभिषेक गर्नुहोस् । यसबाट आर्थिक समस्या समाधान हुनेछ ।

वृश्चिक
वृश्चिक राशिका स्वामीहरुले महाशिवरात्रिका दिन जल (पानी ) मा सक्खर तथा मह मिसाएर शिवलिंगको अभिषेक गर्नुपर्छ । यसबाट घरमा खुसियाली आउँछ भने पारिवारिक कलह समाप्त हुनेछ ।

धनु
दूधमा सक्खर मिसाएर शिवलिंगको अभिषेक गर्नुहोस् । यसका साथमा शिव स्तोत्रको पाठ पनि लाभदायक हुन्छ । यसबाट धन सँग जोडिएका समस्याहरु समाधान हुनेछन ।

मकर
मकर राशि हुनेहरुले तिलको तेलले शिवलिंगको अभिषेक गर्नुपर्छ । यसका साथ शिवजीलाई बेलपत्र पनि अर्पित गर्नुहोस् । यसबाट हर काममा सफलता हात लाग्नेछ ।

कुम्भ
पञ्चामृतले शिवलिंगको अभिषेक गर्नुहोस् । यसबाट कुम्भ राशिका स्वामित्वको धन लाभ प्राप्त गर्न सक्छन् ।

मीन
मीन राशि हुनेहरुले पानिमा बेसार (हल्दी) वा केसर मिसाएर शिवलिंगको अभिषेक गर्नुपर्छ । यतिगरे हरेक काममा सफलता हासिल हुनेछ ।

प्रतिक्रिया