सोमबार, असार ९, २०८२

अनेरास्ववियुमा सहमति हुन नसकेपछि मतदान हुँदै

नेपालखोज २०७९ फागुन ४ गते १६:१२

काठमाडौं । एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशनमा नयाँ नेतृत्व चयनमा सहमति जुटन नसकेपछि मतदान प्रक्रियामा प्रवेश गरेको छ । अहिले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान सुरू भएको छ ।

यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलो गरी मतदान सुरु भएको हो । तीन ठाउँबाट मतदान थालिएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान थालिएको अध्यक्ष मण्डलका सदस्य खिमलाल भटरटाईले बताए । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको छ । नतिजा एक आजै आउने बताइएको छ

अध्यक्षका लागि आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल गरी ५ जनाले उम्मेदवारी दिएका छन रहेका छन् । उपाध्यक्षका लागि १६ जना र महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सचिव खुलातर्फ ४८ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमार्फत नेतृत्व चयन गर्न नेताहरूलाई सुझाएका थिए । तर नेतृत्वमा आकांक्षी धेरै हुँदा सहमति जुटन सकेन । अन्ततः मतदानमार्फत नै नेतृत्व चयन हुने भएको छ । मतदानमा लागि झण्डै १९०० मतदाता सहभागी रहनेछन् ।

प्रतिक्रिया