सोमबार, असार ९, २०८२

प्रतिनिधिसभा नियमावली : अदालतले थुनामा पठाएमात्रै सांसद निलम्बन हुने

नेपालखोज २०७९ फागुन ४ गते १९:४१

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सांसदहरुको सहमतिमै नियमावली टुंग्याएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले प्रतिनिधिसभा नियमावली टुंग्याएको हो ।

बैठकमा केही सदस्यहरुले फरक मत राख्ने बताए पनि अन्तिममा सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सदस्य लेखकले बैठकमा महाअभियोग प्रस्ताव, फौजदारी अभियोग र स्वार्थ बाझिएको विषयमा निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले समितिले कुनै पनि प्रतिनिधिसभा सदस्यलाई फौजदारी अभियोग लागेर अदालतले पुर्पक्षका लागि थुनामा पठाएको वा फरार भएको अवस्थामा सांसद निलम्बन हुने व्यवस्थामा सहमति जुटाएको बताए ।

प्रतिक्रिया