आइतबार, असार १५, २०८२

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

नेपालखोज २०७९ फागुन ५ गते ६:१५

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

आज दिउँसो प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

प्रतिक्रिया