शिवको पूजा, व्रत तथा भोग र विधि !

शिवजीको पूजा, व्रत तथा भोग शिव पूजा विधि ! जहाँ एक तर्फ भगवान् शिवला भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ । त्यहि उनलाई संहारको देवता पनि मानिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुईटैका लागि विख्यात छन् । अन्य देवहरुभन्दा शिवलाई भिन्न मानिएको छ । सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन् । त्रिदेवमा भगवान् शिव संहारको देवता मानिएको छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् । उनको काल र महाकाल स्वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले हमेशा लय एवं प्रलय दुइटैलाई आफ्नो अधीनमा राखेका छन् ।
सोमबार शिव पूजनका लागि प्रातस् स्नान आदि नित्य कर्मबाट निवृत्त भएर पवित्र हुनुहोस् । तयसपस्चात घरको मंदिर या कुनै शिव मंदिर जानु जहां भगवान् शिवको साथ माता पार्वती र नंदीलाई गंगाजल या पवित्र जल अर्पित गरौं । जल अर्पित गरे पश्चात शिवलिंगमा चंदन, चावल, बिल्वपत्र, अंकड़ेको फूल र धतुरो चढ़ाउ। पूजा संपन्न गर्नका लाहि भगवान् शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौं । भगवान् शिवका प्रिय १० बस्तु : भगवान् शिव तुरंत र चाडै प्रसन्न हुने भगवान हुन् । त्ससैले उनलाई आशुतोष भनिन्छ। जानौ भगवान् शिव को प्रिय ११ यस्तो सामग्री जसलाई अर्पित गर्दा भोलेनाथले हरेक कामना पुरा गर्छन् । यो ११ सामग्रीहरु हुन् जल, बेलवपत्र, अंकड़ा, धतूरा, भांग, कर्पूर, दूध, चामल, चंदन, भस्म, रुद्राक्ष । शिव पूजाको नियम सोमबार नेपालीहरुका आराध्यदेव भगवान सदाशिवजीलाई पूजा गर्ने दिन भनिन्छ ।
यस दिनमा शिवजीको पुजा आरधना गरे शिवजी चाँडै नै प्रसन्न हुने कुरा बताइन्छ । यसै पनि भगवान् शिव आफ्ना भक्त हरुसँग सहजै प्रसन्न हुनुहुन्छ । उहाँको पूजाको लागि कुनै विशेष प्रकारको कुनै उपाय छैन । यदि हामीले केही नियमहरू पालना गरेर पूजा गरेऊ भने मनले चाहेको फल प्राप्त गर्न सक्छौ। शिव पूजाको नियम सोमबारको दिन शिवजीको पूजाको विषेश महत्व हुन्छ । त्यसो त कुनै बारमा पनि शिवजीको पूजा गर्न सकिन्छ । बिहानै उठेर स्नान आदि गरेर सेतो बस्त्र धारण गरेर शिवजीको पूजा गर्नुपर्छ । शिवजीको पूजा बिहान पुर्व दिशा तर्फ मुख गरेर गर्नुपर्छ । साझको पूजा भने पस्चिम तर्फ मुख गरेर गर्नुपर्छ । रात्रिमा शिवजीको पूजा उत्तर तर्फ मुख गरेर गर्नुपर्छ ।
शिव पुजाको संकल्प शिव पूजा गर्दा सर्बप्रथम संकल्प लिनु जरुरी हुन्छ । सकल्प गर्नु अगाडी हाथमा जल, फुल, चामल लिऔं । संकल्पमा जुन दिनको पूजा गरिन्छ त्यस वर्ष, बार, तिथि ठाउँ र आफ्नो नाम लिएर आफ्नो चिताएको कुरा को स्मरण गरौं । त्यसपश्चात हाथमा लिएको जललाई जमिनमा छोडीदिउँ । शिव पूजा बिधि सोमबारको दिन बिहान उठेर स्नान गरी सिव मन्दिर गएर शुद्ध जलले शिवलिंग को अभिषेक गरी निम्नलिखित मंत्र्को जाप गर्ने। ऊं महाशिवाय सोमाय नमस् । त्यसपश्चात गाईको काचो दुध शिवलिंगमा चडाउने यसले तन, मन, धन संग सम्बन्धित समस्या दुर् हुन्छ। त्यसपश्चात शिवलिंग मा मह तथा उखुको रस चडाउने यसले नौकरी या व्यवसाय बाट हुने समस्या दुर गर्छ ।
अब कपूर, गंध,फुल,धतुरो र भस्मले शिवजीलाई अभिषेक गरौं । अंतमा आरति गरौ र मन बाट मनोकामना पूर्ति को कामना गरौ। सोमवारमा शिवलिंगको पूजा अर्चना गरीसकेपाछि कुशको आसनमा बसेर रुद्राक्ष माला द्वरा शिवको मन्त्रको जाप गरेमा विलक्षण सिद्धि तथा मन को ईच्छा पुरा हुन्छ । शिव मन्त्र यो मन्त्रको जाप आफ्नो ईश्छा अनुसार ११, २१,१०१, १००१ पल्ट गर्न सकिन्छ। यो मन्त्र मा ऊं नमः शिवाय को साथमा ऊं नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ मन्त्र को जापले ठुलो ठुलो समस्या र विघ्न दुर गर्न सहायक हुन्छ । यो सँगै नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस् मन्त्रको जाप गर्दा जिवनमा सम्रिधि र उन्नति हुन्छ । शिवजीको प्रिय शब्द शिवजीलाई औघड़ दानी या भोले भंडारी पनि भनिन्छ । भक्तहरुले शिवजीलाई जुनै तरिकाले पूजा गरे पनि शिव जि प्रसन्न हुनुहुन्छ ।
शिवलाई एक लोटा जल, एक बिल्व पत्र र अक्षत दिएर मात्र शिवजीलाई प्रसन्न गर्न सकिन्छ परंतु यदि पूजा पश्चात शिवजीलाई तीन चोटि श्रद्धा पूर्वक बम(बम को उच्चारणको साथ याद गरेमा शंकर जी लाइ अपार प्रसन्नता हुन्छ । त्यसैले सोमबारको दिन र जब तपाईं शिवजीको पूजा गर्नुहुन्छ बम् बम् भोले भन्न नबिर्सनुहोस् । कसरी बस्ने महाशिवरात्रिको व्रत ? महाशिवरात्रिमा व्रत बस्ने तथा पूजा गर्ने आफ्नै विधिविधान तथा नियम छन् । उपवासको प्राथमिक उद्देश्य शरीर तथा मस्तिष्कलाई नियमित जीवनबाट अत्यावश्यक ब्रेक दिनु पनि हो । व्रत बस्दा शरीरमा भएको टक्सिनबाट छुटकारा प्राप्त गर्न मद्दत मिल्छ । व्रतमा तामसिक गुण भएका उत्तेजनात्मक खानेकुरा खानबाट बचिन्छ । व्रतमा ब्रह्मचर्यको पालनले आत्म-संयमको अभ्यास हुन्छ ।व्रत बस्ने निर्णय लिनुअघि आफ्नो स्वास्थ अवस्था कस्तो छ ध्यान पुर्याउनुपर्छ । खराब स्वास्थ स्थितिमा व्रत बस्दा त्यसले स्वास्थ्यमा थप नकारात्मक असर पार्न सक्छ ।
व्रतका दिन ब्रह्म मुहूर्तमा उठि नित्य कर्म र स्नान गरि सफा र चोखो पहिरन लगाउने । त्यसपछि केही बेर ध्यान गरेर ईमानन्दारी पुर्वक व्रतको पालन गर्ने संकल्प लिनु पर्छ । व्रतका दिन ब्रह्मचर्यको पालन गर्नुपर्छ । महाशिवरात्रिको व्रतमा खानेकुरा सम्बन्धि आ-आफ्नै नियम र विधिविधान हुन सक्छ । साधारणतया शिवरात्रिको व्रतमा चामल, गहुँ तथा दालको सेवन गरिँदैन । महाशिवरात्रिको व्रतमा संयमको आवश्यकता पनि हुन्छ । यो दिन फल, दूध तथा व्रत अनुसार अन्य खानेकुरा खान सकिन्छ भने नुनको साटो सिधे नुन प्रयोग गर्नुपर्छ । महाशिवरात्रिका दिन व्रत बस्नेहरुले घर मै शिवलिंग वा भगवान शिवको मुर्ति स्थापित गरि त्यसमा दियो बाल्नु पर्छ । त्यसपछि शुद्धजल वा गंगाजलले भगवानको अभिषेक गर्नुपर्छ । पूजाका क्रममा ओम नमः शिवाय मन्त्र पढदै भगवान शिवलाइ गंगा जल, काँचो दूध, धतुरो को फूल तथा फल, बेलपत्र आदि चढाउनुपर्छ ।
भगवान शिवका प्रबल भक्तहरु शिवरात्रिमा रात भर जाग्राम बसेर भजन – किर्तन गर्ने चलन पनि छ ।
प्रदोष व्रत !
प्रदोष व्रत भगवान् शिवलाई समर्पित एक पवित्र व्रत हो । त्रयोदशी तिथिको साँझ कैलाश पर्वतमा अवस्थित आफ्नो रजत भवनमा भगवान् शिव नाच्ने जनविश्वास छ । यस दिन भगवान शिवले आफ्ना भक्तहरूको सबै मनोकामना पूरा गर्नुहुन्छ। यो व्रत अत्यन्त शुभ र भगवान् शिवको आशीर्वाद प्रदान गर्दछ । यस व्रतको प्रभावले सबै प्रकारका दोष र कष्टहरू हट्छन् ।त्रयोदशी तिथिलाई भगवान् शिवको आराधनाका लागि उत्तम मानिन्छ । यस दिन भगवान शिवको विशेष पूजा गरिन्छ। प्रदोष व्रत चन्द्रमासको दुवै त्रयोदशीमा मनाइन्छ, एउटा शुक्ल पक्षमा र अर्को कृष्ण पक्षमा । शास्त्रका अनुसार प्रदोष अवधि सूर्यास्तदेखि दुई घण्टासम्म रहन्छ ।
यो दिन र रात मिलन को समय हो । यस्तो अवस्थामा यो समय निकै राम्रो मानिन्छ । प्रदोष कालमा भगवान् शिवको आराधना पुरा गर्नु आवश्यक छ । यस दिन बिहान स्नान गरी बेलपत्र, गंगाजल, अक्षत, धूप दियोले भगवान शिवको पूजा गर्नुहोस् । साँझ फेरि स्नान गरेपछि त्यसै गरी भगवान शिवको पूजा गर्नुहोस् । प्रदोष कालमा घ्यूको दियो बाल्ने । प्रदोषको समयमा भगवान शिवको पूजा नगरी भोजन नगर्नुहोस् । पूजा गरेपछि फलफूल खान सकिन्छ तर नुन खान बन्चित गरिएकाे छ । प्रदोष व्रतको उदयपन त्रयोदशी तिथिमा मात्र गर्नुपर्छ । महाशिवरात्रिमा महादेवलाई चढाउने भोग महाशिवरात्रिका दिन बेलपत्र र जल चढाए महादेव प्रसन्न हुन्छन् । यद्यपि यो दिन महादेवलाई खुसी तुल्याउन भोग चढाउने चलन पनि छ । महाशिवरात्रिका दिन भोग चढाउनुलाइ शुभ पनि मानिन्छ । पञ्चामृत पञ्चामृत पाँच चिजको मिश्रणबाट तयार गरिन्छ । शिवलिंगको अभिषेक गर्दा पञ्चामृत चढाइन्छ ।
पञ्चामृत बनाउन एक कप काँचो दूधमा केहि सुक्खा फल, एक चम्चा घिउ, आधा चम्चा दही तथा मह हालेर घोल्नुपर्छ । सातु यसलाई शिवजीलाई चढाउन तथा प्रसादका रुपमा बाँड्न तयार गरिन्छ । एक चम्चा घिउलाई कराहीमा तताएर आधा कप पीठो हाली भुट्नुहोस् र त्यसमा चिनी मिसाउनुहोस् ।
यसमा थोरै सुक्खा फल जस्तो किसमिस, छोकडा आदि मिसाउन सकिन्छ । दूध दूध वा दूधबाट तयार पारिएको मिठाइ पनि महाशिवरात्रिको भोगमा प्रयोग हुन्छ । दूध तथा दूधबाट बनेका चीजबिज भोलेनाथलाई निकै मन पर्छ भन्ने मान्यता छ । केसर केसरलाई सीधैं वा दूध तथा कुनै मिठाईमा मिसाएर चढाउन सकिन्छ । महाशिवरात्रिको पुजा गर्दा पनि केसर चढाइन्छ । चामल महाशिवरात्रिका दिन महादेवलाई चामल चढाउँदा सुख-समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । त्यसैले शिवजीको कृपा प्राप्त गर्न भक्तहरु उनलाइ चामल चढाउँछन् ।
प्रतिक्रिया