लोपोन्मुख खेल जोगाउन पुरुष खो खो प्रतियोगिता
नेपालखोज
२०७९ फागुन ५ गते ८:०१

काठमाडाैं । लोपोन्मुख अवस्थामा पुगेको खो खो खेल संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आज फागुन ५ देखि ९ गतेसम्म अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
भक्तपुरका नगरप्रमुख सुनिल प्रजापतिका अनुसार नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
भक्तपुर नपा–१ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख तथा तेस्रोलाई ५० हजार नगद पुरस्कार, प्रमाणपत्रका साथै प्रतियोगितामा सहभागिता जनाउने नगरपालिकाहरुलाई ५ हजार प्रदान गरिने जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया