सोमबार, असार ९, २०८२

अबदेखि प्रतिनिधिसभाको बैठक सधैँ दिउँसो १ बजे बस्ने

नेपालखोज २०७९ फागुन ५ गते ९:०३


काठमाडौं । अबदेखि प्रतिनिधिसभाको बैठक सधैँ दिउँसो १ बजे बस्ने भएको छ । प्रतिनिधि सभा नियामावली मस्यौदा समितिले बैठकको सयम सामान्यतया दिउँसो १ बजेका लागि तोकेको छ । 

‘सभामुखले अन्यथा आदेश दिएमाबाहेक सामान्यतया १ बजे बैठक सुरु हुनेछ,’ नियमावलीको परिच्छेद २ को (६) मा भनिएको छ, ‘तर, निर्धारित समयबाट एक घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगित गरी अर्को बैठक बोलाउनेछन् ।’

यसअघि नियमावलीमा दुई घण्टासम्म बैठक नबसे मात्र सूचना प्रकाशित गरेर अर्को बैठक बोलाउने व्यवस्था राखिएको थियो । यसअघि पनि नियमावलीले दिउँसो १ बजे नै नियमित बैठक बस्ने व्यवस्था गरेका थियो ।

प्रतिक्रिया