सोमबार, असार ९, २०८२

‘संविधान रक्षाका लागि राष्ट्रपति पद महत्त्वपूर्ण’

नेपालखोज २०७९ फागुन ५ गते १५:४३

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति आफ्नो दलले लिनु स्वभाविक हुने बताएका छन् । वर्तमान राष्ट्रपतिले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरको र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई मुल विषय बनाएकाले पनि संविधान रक्षाका लागि राष्ट्रपति पद महत्वपूर्ण भएको बताए ।

यसमा एमाले सहमत नभएकाले संविधान रक्षाधर पार्टीहरु एकठाउँमा हुनुपर्ने उनको जोड छ । संविधान रक्षालाई प्रमुख विषय बनाएर प्रचण्डले कांग्रेस नेतृत्वमा गठबन्धन बनाएको र अहिले पनि त्यो विषय प्रमुख हो भनेर भनेकाले कांग्रेसले विश्वासको मत दिएको प्रवक्ता डा. महतले बताए ।

माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिँदा सरकार के हुन्छ भन्ने प्रश्नमा डा. महतले भने एमालेले जनाउने प्रतिक्रियाले राजनीतिक कोर्स निर्धारण गर्ने बताए । यसबारे छलफल भएको हुनसक्ने भन्दै उनले भने, ‘त्यस्तो परिस्थिति आयो भने के हुन्छभन्दा पुरा टर्म वा अन्य विकल्प नेतृत्व छलफल भएकै होला ।’

प्रतिक्रिया