सोमबार, असार ९, २०८२

निर्वाचन खर्च नबुझाएका उम्मेदवारहरुलाई तोकिएको जरिवाना मिनाहा

नेपालखोज २०७९ फागुन ५ गते २२:०२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा सम्पन्न निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम मिनाहा गरेकी छिन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम जरिवानाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

आयोगले स्थानीय तहका उम्मेदवारहरुले समयमा निर्वाचन खर्चको विवरण नबुझाएपछि जरिवाना तोकेको थियो । जरिवाना धान्नै नसक्ने भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

सर्वोच्चले पनि आयोगले तोकेको जरिवाना लिने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया