शनिबार, वैशाख १३, २०८२

रुद्राक्ष र भगवान शिव

नेपालखोज २०७९ फागुन ६ गते ७:२८

रुद्राक्षको सम्बन्ध भगवान् शिवसँग छ । यसलाई निकै चमत्कारिक पनि मानिन्छ । भगवान् शिवको मन्त्र जपका लागि रुद्राक्षको माला नै प्रयोग गरिन्छ । रुद्राक्ष धारण गर्दा संकट समाधान हुनुका साथै दुख एवं ग्रह दोष हटने बिश्वास गरिन्छ । यसबाट सुख, समृद्धि, धन, सम्पति सबै प्राप्त गर्न सकिने मान्यता छ । यसलाइ धारण गर्ने पनि आफ्नै नियम छ ।

पौराणिक कथाअनुसार, एकपटक भगवान् शिव हजार वर्ष लाम‍ो साधनामा लिन थिए । एकदिन अचानक जब उनको आँखा खुल्यो तब आँसुको एउटा थोपा जमिनमा झर्यो । त्यसैबाट रुद्राक्षको उत्पत्ति भएको बताइन्छ । मानव कल्याणका लागि रुद्राक्ष चमत्कारी र प्रभावी मानिन्छ । रुद्राक्षका प्रकार रुद्राक्षमा एकदेखि लिएर एक्काईसवटा सम्म मुख हुन्छ ।

यसमा ११ मुखे रुद्राक्षलाइ सर्वसिद्ध रुद्राक्ष मानिन्छ ।

-एकमुखे रुद्राक्ष : शिव स्वरुप

-दुईमुखे रुद्राक्ष : अर्धनारीश्वर स्वरुप

-तीनमुखे रुद्राक्ष : अग्नि एवं तेज स्वरुप

-चारमुखे रुद्राक्ष : ब्रह्म स्वरुप

-पाँचमुखे रुद्राक्ष : कालाग्नि स्वरुप

-६ मुखे रुद्राक्ष : भगवान् कार्तिकेय स्वरुप

-सातमुखे रुद्राक्ष : सप्तऋषिको स्वरुप

-आठमुखे रुद्राक्ष : अष्ट देवीको स्वरुप

-नौमुखे रुद्राक्ष : धन, सम्पत्ति, यश एवं कीर्तिका लागि धारण गरिन्छ ।

-दशमुखे रुद्राक्ष : नकारात्मक शक्तिबाट सुरक्षाका लागि

-एघारमुखे रुद्राक्ष : सर्वसिद्ध रुद्राक्ष , आत्मविश्वास वृद्धिका लागि

-बाह्रमुखे रुद्राक्ष : सफलताका लागि

-तेह्रमुखे रुद्राक्ष : सुखद वैवाहिक जीवनका लागि

रुद्राक्ष महिमा

आध्यात्मको संसार ईश्वरको उपासनामा मात्र सीमित छैन य‍ो कैयन् वैज्ञानिक महत्त्वका कुरासँग पनि गाँसिएको छ । उदाहरणका लागि निधारमा चन्दन लगाउँदा मस्तिष्क ठन्डा रहन्छ भने मन्दिरमा बालिने दियोले आसपासका किटाणु नष्ट हुन्छन् । यही कडीमा रुद्राक्ष पनि सामेल छ जसलाई मानिसहरु मन शान्त राख्न धारण गर्दछन् ।

पुराणहरुमा उल्लेख भएअनुसार रुद्राक्ष भगवान् शिवको अंश भएका कारण शुद्ध हुन्छ । मनको शान्ति र रिस माथि नियन्त्रणका लागि रुद्राक्ष धारण गर्ने सल्लाह दिइन्छ । रुद्राक्ष धारण गरेपछि यसलाई पवित्र राख्नु पनि उत्तिकै जरूरी छ । रुद्राक्ष धारण गरेर केही काम गरे यो अपवित्र हुने मान्यता छ र यसको परिणाम उल्टो पनि हुन्छ । त्यसैले यसको धारण सम्बन्धि केही नियम छन् जसको पालना अनिवार्य छ ।

यति बेला नलगाउनु रुद्राक्ष धूमपानका साथै मदिरा सेवन गर्दा तथा मासु खाँदा रुद्राक्ष लगाउनु हुँदैन । यसको परिणाम नोक्सान दायक हुनसक्छ । सुत्दा पनि नलगाउनु धार्मिक मान्यताअनुसार सुतेपछि शरीर अशुद्ध हुन्छ जसको असर रुद्राक्षको शुद्धतामा पनि पर्छ । त्यसैले सुत्नु पहिले रुद्राक्ष उतारेर मात्र सुत्नुपर्छ । रुद्राक्षलाई तकियामुनि राख्दा मन शान्त रहनुका साथै नराम्रो सपना पनि देखिँदैन ।

शवयात्राबाट परै होस् रुद्राक्ष जानकारीको अभावमा केही मानिस रुद्राक्ष लगाएर शवयात्रा वा श्मशानघाट पुग्छन् । यसबाट रुद्राक्ष अशुद्ध हुन्छ जसको नकारात्मक असर यसलाई धारण गर्ने व्यक्तिको जीवनमा समेत पर्छ । नवजात शिशु र आमाबाट टाढै रहोस् रुद्राक्ष लगाएर नवजात शिशु र सुत्केरी आमाको सम्पर्कमा जानु हुँदैन । त्यस्तो अवस्थामा रुद्राक्ष खोल्नुपर्छ । शिशुको नामकरणपछि भने यो नियम लागु हुँदैन ।

महाशिवरात्रिमा राशिअनुसार रुद्राक्ष धारण महाशिवरात्रि फागुन माहिनाको कृष्ण पक्षको चतुर्दशीका दिन महापर्वका रूपमा मनाइन्छ । त्यसो त हरेक महिनाको कृष्ण चतुर्दशीका दिन मासिक शिवरात्रि मनाउने चलन पनि छ ।भगवान शिवलाइ प्रसन्न तुल्याउन महाशिवरात्रिको दिन लाइ खास मानिन्छ । यो दिन भगवान शिव तथा माता पार्वतीको विशेष पुजा गर्दा साधकलाइ विशेष फल प्राप्त हुन्छ । सालभरका लागि महादेवको कृपा प्राप्त गर्न महाशिवरात्रिका दिन भगवान शिवको महाप्रसाद रुद्राक्ष विधि-विधान पुर्वक धारण गर्नुपर्छ ।

रुद्राक्षको धार्मिक महत्त्व भगवान् शिवको कृपा प्राप्त गर्न उनलाइ कैंयन् कुरा अर्पित गरिन्छ । यसक्रममा रूद्राक्ष धारण को आफ्नै महत्त्व छ । भनिन्छ रुद्राक्ष धारण गरे रोग, शोक तथा भय दुर हुन्छ । त्यसका अतिरिक्त व्यक्तिको जीवनमा सुख-समृद्धि एवं सौभाग्य प्राप्त हुन्छ । भगवान् शिवको आँसुबाट निर्माण भएको मानिने रुद्राक्षमा कुनै पनि व्यक्तिको दुर्भाग्यलाइ सौभाग्यमा बदल्ने शक्ति हुन्छ ।

राशिअनुसार धारण गर्नु पर्छ रुद्राक्ष

मेष : एक मुखे , तीन मुखे वा पाँच मुखे रुद्राक्ष ।

वृष : चार मुखे , छ मुखे वा चौध मुखे रुद्राक्ष ।

मिथुन : चार मुखे , पाँच मुखे तथा तेर मुखे रुद्राक्ष ।

कर्कट : तीन मुखे , पाँच मुखे वा ​गौरी-शंकर रुद्राक्ष ।

सिंह : एक मुखे , तीन मुखे वा पाँच मुखे रुद्राक्ष ।

कन्या : चार मुखे , पाँच मुखे तथा तेर मुखे रुद्राक्ष ।

तुला : चार मुखे , छह मुखे वा चौध मुखे रुद्राक्ष ।

वृश्चिक : तीन मुखे , पाँच मुखे तथा गौरी-शंकर रुद्राक्ष

धनु : एक मुखे , तीन मुखे वा पाँच मुखे रुद्राक्ष ।

मकर : चार मुखे , छ मुखे अथवा चौध मुखे रुद्राक्ष ।

कुम्भ : चार मुखे , छ मुखे वा चौध मुखे रुद्राक्ष ।

मीन : तीन मुखे , पाँच मुखे वा गौरी-शंकर रुद्राक्ष ।

प्रतिक्रिया