‘चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताका धरोहर हुन्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन् ।
महाशिवरात्रीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको बताएका छन् । यसमध्ये हिन्दू धर्मावलम्बीहरुले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने महाशिवरात्री एक महत्वपूर्ण र पवित्र पर्व भएको उनले उल्लेख गरेका छन् ।
सभापति देउवाले यी चाड–पर्वहरुले सामूहिक भावनालाई अझ विकसित गर्दै,सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याउँदै बताउँदै महाशिवरात्रीको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया