शनिबार, असार १४, २०८२

अस्पतालको शैयाबाट डा. भण्डारीले भने, ‘मेरो चिन्ता लिनुपर्दैन’

नेपालखोज २०७९ फागुन ७ गते ९:५५

काठमाण्डौं । ग्यास सिलिन्डर चुहिएर भएको दुर्घटनामा परेर घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डा . चन्द्र भण्डारीले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएकाले चिन्ता लिनु नपर्ने बताएका छन् ।

मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारी सँग शनिबार राति भेटेका कांग्रेस नेता योगराज कँडेलले भण्डारीले ‘मेरो चिन्ता लिनुपर्दैन ’ भनेको बताए।

भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी बोल्न तथा हाउभाउ देखाउन सक्ने अवस्थामा पुगेको कँडेलकाे भनाइ छ ।

प्रतिक्रिया