शनिबार, असार १४, २०८२

भण्डारीको स्वास्थ्य सामान्य बन्दै : भोलीबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेर्ने तयारी

नेपालखोज २०७९ फागुन ७ गते १३:४५

काठमाण्डौं । ग्यास सिलिन्डर चुहिएर भएको दुर्घटनामा परेर घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

गत विहिबार काठमाण्डौं स्थित निवासमा दुर्घटनामा परेका उनको मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । मुम्बइबाट माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको शरिरबाट कृतिम अक्सिजनको मात्रा कम बनाउदै लगिाएको छ । भोलीबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेर्ने तयारी गरिएको छ ।

हातको जलेको भागले काम गर्न थालेको छ । सुन्निएको भाग घट्दै गएको छ र अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै न्यौपानेले बताए ।

प्रतिक्रिया