राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
नेपालखोज
२०७९ फागुन ८ गते १८:४२

काठमाडाैं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे पार्टीको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए ।
राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ । ‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ,’ उनले भने ।
सम्बन्धित
प्रतिक्रिया