शुक्रबार, असार ६, २०८२

तीन दिने ‘बुलेट बाइक यात्रा’ सम्पन्न

नेपालखोज २०७९ फागुन ८ गते २२:१०

काठमाण्डौं । रोयल इफिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरूले आन्तरिक पर्यटन प्रवद्र्धन र भाइचाराको सम्बन्ध विस्तार गर्ने द्येयले तीन दिने बाइक यात्रा सम्पन्न गरेका छन् ।

गत शुक्रबार ५ गते बिहान ८ बजे देखी सुरु गरेको बाईक यात्रा ७ गते बिहान काठमाडौं फर्किएर तीन दिने यात्रा सम्पन्न गरेको बुलेट बाईक राईडर क्याप्टेन प्रकाश देव गिरीले जानकारी दिए ।

काठमाडौंको सुकेधारामा रहेको बुलेट बाईक सम्बन्धि मात्रै काम गर्ने अथोराईज सर्भिस सेन्टर जेरो ईन्जिनियरिङ् मोटरसाईकल प्राईभेट.लिमिटेड सेन्टरको आयोजनामा बाइक यात्रा सम्पन्न गरिएको एमडि जीवन थापाले जानकारी दिए ।

यात्रामा ३३ बटा बाईक र ५३ जनाको सहभागीता रहेको राईडर क्याप्टेन अंकुर अर्यालले जानकारी दिए । टोलिलाई काठमाडौं क्षेत्र नं ५ नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले खादामाला लगाए राईडरलाई विदाइ गरेका थिए ।

काठमाडौ देखि सुरु भएको राईडरको यात्रा लमजुङको घले गाउँका स्थित ठाउँको शैलपुत्रि मा.वि.राईनसलाई शैक्षिक सामग्री र खेलकुद सामग्री पनि हस्तान्तरण गरेका थिए । दोस्रो दिन फागुन ६ गते सोहि लमजुङ घले गाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ धानापोखराबाटै फिर्ता भए । बाटो खराबीको कारण भुजुङ नसकेको एमडि थापाले बताए ।

प्रतिक्रिया