सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमश: सुधार हुँदै
नेपालखोज
२०७९ फागुन १० गते ९:४५

काठमाडाैं । आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन् ।
गत बुधबार राति आफ्नै निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने बिहीबार निधन भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया