सरकारले हात्तीपाइले प्रभावित १५ जिल्लामा आजदेखि औषधि खुवाउँदै
नेपालखोज
२०७९ फागुन ११ गते ६:२२

काठमाडौं । सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जनाएको छ ।
प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया