सोमबार, असार ९, २०८२

राष्ट्रपति निर्वाचन अन्तर्गत आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने

नेपालखोज २०७९ फागुन ११ गते ६:२८

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिन सकिनेछ ।

निर्वाचन कार्यतालिका अनुसार १३ गते उम्मेद्वारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । 

एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।

प्रतिक्रिया