यस्ताे छ मन्त्रिपरिषद्का १६ निर्णय
नेपालखोज
२०७९ फागुन १२ गते १७:२४

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिनेसहित १६ वटा निर्णय गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको जानकारी दिइन् ।


सम्बन्धित
प्रतिक्रिया