एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार
नेपालखोज
२०७९ फागुन १३ गते ११:१७

काठमाडाैं । नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनलेले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नेछन् । ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेसँगै एमालेले नेम्वाङलाई उम्मेदवार बनाएको हो ।
सम्बन्धित
प्रतिक्रिया