केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सरकार संकटमा

काठमाडाैं । । केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा पनि नेकपा (एमाले) नेतृत्वको सरकारमाथि संकट उत्पन्न हुने भएको छ । सत्तारुढ दल राप्रपाका मन्त्रीहरुले केन्द्रमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै त्यसको असर गण्डकीमा पनि परेको हो । गण्डकी प्रदेश सभामा राप्रपाबाट २ सदस्यको प्रतिनिधित्व छ ।
राप्रपाबाट सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका पञ्चराम गुरुङ सरकारमा छन् । अर्का सांसद बिन्दु पहाडी हुन् । दुवै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् ।
संसदीय दलका नेता एवं मन्त्री पञ्चराम गुरुङले केन्द्रको निर्णय शिरोपर गर्नुपर्ने भन्दै त्यस’bout आइतबार निर्णय आउने जानकारी दिए । उनले भने, ‘हामीहरु केन्द्रको निर्णयको शिरोपर गर्नुपर्ने हुन्छ । अब के कसरी जाने भन्ने’bout बैठक बसेर निर्णय लिन्छौं ।’ सम्भवत राप्रपाले आइतबार राजीनामा बुझाएर सरकारबाट बाहिरिने संकेत गरेको छ ।
प्रतिक्रिया