मंगलबार, असार १०, २०८२

तनहुँमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

नेपालखोज २०७७ जेठ २ गते १४:५४

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथीहरुसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया