शुक्रबार, असार १३, २०८२

सांसदहरुलाई अभिमुखीकरण दिने आठ दलको निर्णय

नेपालखोज २०७९ फागुन १४ गते २१:०८

काठमाडौं । आठ दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन १८ गते संघीय सांसदहरुलाई अभिमुखीकरण दिने निर्णय भएको एक नेताले बताए । उनका अनुसार सातै प्रदेशमा पनि अभिमुखीकरण दिइने बताए ।

बैठकमा राष्ट्रपति निर्वाचनसम्बन्धी छलफल पनि भएकाे थियाे । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई प्रस्तावित गरिएपछि पहिलो बैठक आज बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आठ दलबाट प्रस्तावित राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति रहेको थियो ।

माओवादीका शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु थिए । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम सहभागी थिए ।

प्रतिक्रिया