रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
नेपालखोज
२०७९ फागुन १५ गते ८:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने जनाइएकाे छ ।
चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न बैठक बस्न लागिएको हो ।
पार्टी कार्यालय वसुन्धारामा आजका लागि बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया