मंगलबार, असार १०, २०८२

नेपाल सरकार आफ्ना नागरिकलाई लैजान गम्भीर हुनुपर्ने : नेता कापडी

नेपालखोज २०७७ जेठ २ गते १५:४३

काठमाडौं । भारतको उत्तराखण्डको खटिमा बजार क्षेत्रमा सर्यौँ किलोमिटर पैदल हिँडेर आएका १५० नेपाली मजदुरलाई क्वारेन्टाइनमै व्यवस्थापनको माग गर्दै एक साताअघि भारतीय काँग्रेसआइका उत्तराखण्ड प्रदेश महासचिव भुवन कापडी धर्ना बसे ।

भारतको रुद्रपुर र काशीपुर क्वारेन्टाइनबाट नेपालीलाई निकालिएपछि त्यसको विरोधमा महासचिव कापडी खटिमाको सञ्जय पार्क शहीद समृतिमा धर्ना बसेको केही समयमै त्यहाँको स्थानीय प्रशासनले लखेटिएकै क्वारेन्टाइनमा राख्ने प्रबन्धसमेत गरेको थियो ।

खटिमा बजार र आसपासका क्षेत्रमा पैदल हिँडेर भारतको विभिन्न ठाउँबाट आएका नेपाली मजदुर र खटिमामै क्वारेन्टाइनमा रहेका नेपालीलाई नेता कापडीले दैनिक खानपिनको व्यवस्था बिलाउँदै आएका छन् ।

“यहाँको क्वारेन्टाइनमा रहेका र अलपत्र परेका नेपाली मजदुरलाई मैले खाना खुवाउन थालेको आज ५० दिन भइसक्यो ।” उनले भने, “उद्यमसिंहनगरमा मात्रै दुई हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन् ।” उनले नेपाल सरकार आफ्ना नागरिकलाई लैजान गम्भीर हुनुपर्ने बताए ।

“खटिमामा मात्रै दुईदेखि अढाई सय जना छन”, उनेले भने, “खटिमा सीमा नजिक भएकाले यहाँ नेपाली जम्मा हुने क्रम बढेको छ ।”

उनले मानवीय नाताले आफू नेपालीहरुको व्यवस्थापनका खटिएको बताउँदै नेपालीहरु अलपत्र रहँदा धेरै तनावमा रहेको समेत जानकारी दिए ।

कञ्चनपुरको स्थानीय प्रशासनले सीमावर्ती भारतीय बजार वनबासाको स्कूलमा लामो समय क्वारेन्टाइनमा बसेका २४२ जनालाई भने केही दिनअघि भीमदत्तनगर ल्याएर स्वास्थ्य परीक्षण गरी सम्बन्धित पालिकाको जिम्मा लगाएको छ ।

प्रतिक्रिया