राष्ट्रपति निर्वाचन : आज उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्ने
नेपालखोज
२०७९ फागुन १६ गते ६:२५

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्ने कार्यतालिका रहेकाे छ ।
उम्मेद्वारी फिर्ता लिन चाहने उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया