मंगलबार, असार १०, २०८२

सामाजिक सञ्जालमा प्रधानमन्त्रीको फोटो बिगारेर पोष्ट गर्ने पक्राउ

नेपालखोज २०७७ जेठ २ गते १६:१५

काठमाडौं । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीसहित विशिष्ठ व्यक्तिको फोटोको स्वरुप परिवर्तन गरी पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली तीनपाटन गाउँपालिका–१, बेलघारीका २२ वर्षीय तोरण पौडेल रहेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

प्रतिक्रिया