शुक्रबार, असार १३, २०८२

‘समाजलाई अनुशासित, मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण’

नेपालखोज २०७९ फागुन १६ गते १७:३१

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । आज ललितपुरस्थित् च्यासल रंगशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे घाेषणा गरेका हुन् । 

उनले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताए  ।

उनले भने, ‘देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ । खेल क्षेत्रमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मकरूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

प्रतिक्रिया