फनपार्क भाडा प्रकरण : सांसद टेकबहादुर गुरुङसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा बहालवाला सांसद टेकबहादुर गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको हाे ।
मनाङबाट नेपाली कांग्रेसबाट निर्वाचित गुरुङसमेत ९ जनालाई अदालतले कसुर ठहर गरेको हो । यस्तै, सोही प्रकरणमा जोडिएका तत्कालीन मन्त्री बद्री न्यौपानेलाई पनि अदालतले दोषी ठहर गरेको छ ।
गुरुङलाई मतियारका रुपमा दोषी ठहर गरे पनि सजाय निर्धारणका लागि भने फागुन २५ गते पेशी तोकिएको छ । दोषी ठहर हुनेमा तत्कालीन समाजकल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने छन् । त्यस्तै रमाइलो मेला सन्चालन गर्ने रविन्द्र गुरुङ र परिषदका निर्देशक मदन प्रसाद रिमाल पनि दोषी ठहर भएका छन् ।
प्रतिक्रिया