प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
नेपालखोज
२०७९ फागुन १७ गते ६:४०

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
आजकाे बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे छ ।
नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम सभामुखले जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया