शुक्रबार, असार १३, २०८२

कोसी प्रदेश नाम राख्न एमालेको संसद् सचिवालयमा प्रस्ताव दर्ता

नेपालखोज २०७९ फागुन १७ गते १३:४४

काठमाडौं । नेकपा एमालेले प्रदेश १ को नाम कोशी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ । एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले बुधबार प्रदेशको नाम कोशी राख्ने प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

प्रतिक्रिया