भारतले दशगजामा ल्याएर नेपालीहरुलाई भोकै राख्यो
नेपालखोज
२०७७ जेठ ३ गते ९:२४
झापा । भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेको झापाको मेचीनगर नगरपालिकाले आरोप लगाएको छ ।
नगरका प्रमुख विमल आचार्यले उनीहरुलाई तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको हुँदा राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिरहेको बताए ।
आचार्यले जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता भारतले एकतर्फीरूपमा तोडेको भन्दै हिजो पत्रकार भेटघाटको आयोजना गरी विरोध गरेका छन् ।
उनले भारतमा रहेका नेपालीलाई अमानवीय व्यवहार भएको दोहोर्याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।
उँहाले नेपाल आउन पश्चिम बङ्गालसँगको प्रमुख नाका काँकडभिट्टा आसपासमा एक हजार २०० नेपाली तयार रहेको जनाउँदै उनीहरुलाई राख्न झापाका १५ वटै पालिकासँग छलफल भइरहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया