बिहीबार, असार १२, २०८२

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

नेपालखोज २०७९ फागुन २० गते १२:१६

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछ । लिग अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र थ्री स्टारबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र शेर्पाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हुने एक मात्र खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । नवप्रवेशी चर्च र पुलिसबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।  

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

प्रतिक्रिया