मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमालेकाे निर्णय
नेपालखोज
२०७९ फागुन २१ गते १०:०३

काठमाडाैं । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको जनाइएकाे छ ।
२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।
सम्बन्धित
प्रतिक्रिया