शनिबार, असार ७, २०८२

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रको निर्देशन

नेपालखोज २०७९ फागुन २१ गते ११:३२

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले संसदीय दललाई निर्देशन दिएको छ ।

माओवादी केन्द्र संसदीय दलको शनिबार बसेको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया