संघीय लोकान्त्रिक गणतन्त्र नै नयाँ जनवाद हो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नै नयाँ जनवादी क्रान्ति भएको बताएका छन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले से कुरा बताएका हुन् ।
आफू समाज रुपान्तरण र पविर्तन तथा सत्य र लडाइँको अभियन्ता भएको बताउँदै नदी सधैं अगाडि बढेजस्तै समाज रुपान्तरणको नियम नै अगाडि बढ्ने रहेको बताए । फरक बाटो रोज्दा अलिक छिटो पुगिने ठान्नु सोचकै प्रभाव रहेको बताउँदै समाज परिवर्तन भनेको एकता, संघर्ष र रुपान्तरण भएको बताए । ‘जीवन नै विपरीतहरुको एकत्व हो, उनले भने, ‘योग, तपस्या, ध्यान गर्छन्, तर किन समाज र संसार बदलिँदैन रु’
हरेकले गर्ने काम वैज्ञानिक हुनुपर्ने दाबी गर्दै कार्यनीति र रणनीति मिलाउन नसके मानिसमा विचलन र अत्यास आउने उनले बताए । मान्छेमा चाहना र ज्ञान नभएर विश्वमा क्रान्ति नभएको नभई विश्व परिस्थिति र समाजको अवस्थाले गर्दा सन् १९७५ तिर कम्बोडिया र भियतनामा भएको क्रान्तिपछि विश्वमा कहीं पनि क्रान्ति हुन हुन नसकेको बताए ।
तर नेपालमा सन् १९९६ मा विश्व प्रतिकूलताका बाबजुद जनयुद्ध सुरु गरेर एक जना व्यक्ति राज्यका राजा हुने र उसकै हुकुममा देश र जनता चल्नुपर्ने सामन्ती राजतन्त्र फाल्न संभव भएको उनको भनाइ छ । हिजोमा दिनमा जनवात जनताको जनवाद भनेकै आजको संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै माओवादी मलेसिया, थाईल्याण्ड, बर्मा, फिलिपिन्समा भइरहेको माओवादी आन्दोलन हराएजस्तै अवस्थाबाट जोगाउन नेपाली माओवादी आन्दोलनलाई शान्तिप्रक्रियामा रुपान्तरण गरिएको बताए ।
उनले जनयुद्धको एजेण्डा ८० प्रतिशत जति पूरा भएको र त्यसमा एक जना राजाको हातमा रहेको सम्पूर्ण अधिकार जनतामा ल्याएर जनताका छोराछोरी राष्ट्रपति बन्ने अवस्था आएको बताए । ‘यो भनेकै सार्वभौम सत्ता जनतामा आएको र जनताले नै सम्पूर्ण अधिकार प्रयोग गर्ने भन्ने हो।’ डा. भट्टराईले भने ।
प्रतिक्रिया