‘बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर गिरफ्तार गर्ने ? निहुँ खोजेको होइन ?’
नेपालखोज
२०७९ फागुन २१ गते १५:२६

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन् । सहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै सर्वोच्चमा दायर रिटप्रति उनले टिप्पणी गरेका हुन् ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याइएको बताए । पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भट्टराईको आरोप छ ।
सम्बन्धित
प्रतिक्रिया