मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत
नेपालखोज
२०७९ फागुन २१ गते १६:१८

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट उनले दुईतिहाइ मत पाएका हुन् ।
कूल ५२ सदस्य रहेको सुदूरपश्मि प्रदेशसभामा शाहले ४० मत पाएका छन् भने विपक्षमा ११ मत परेको छ । विश्वासका लागि २७ मत पर्याप्त भए पनि शाहले प्रदेशसभाबाट ४० मत पाएका हुन् ।
उनको विपक्षमा एमालेको १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्यले मात्र मत दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया