बिहीबार, असार १२, २०८२

नक्कली रङ कसरी चिन्ने ?

नेपालखोज २०७९ फागुन २२ गते ७:००

होली रङहरूको पर्व हो । यो दिन मानिसहरूले रङ – गुलालआदि लगाई एक अर्कालाई होलीको शुभकामना दिन्छन् । होली खेल्न त रमाईलो हुन्छन् तर धेरै जसो स्थितिमा हामी हाम्रो छालाका बारेमा चिन्तित हुन्छौं किनभने बजारमा पाइने लगभग सबै रंग र गुलाल रसायनयुक्त हुन्छन् । हामीलाई हर्बल कलर भनेर मिसावटि गुलाल दिइन्छ । यस्तो अवस्थामा आत्तिनु पर्दैन । यी ५ विधिबाट वास्तविक-नक्कली रंग पहिचान गर्न सकिन्छ ।

गन्धबाट पहिचान : हामी ती रङको पकेटमा लेखिएको इको-फ्रेन्डली, प्राकृतिक वा अर्गानिक लेबल हेरेर किन्छौं , तर त्यो रङ लेबलमा लेखिएका कारण मात्र हर्बल हुने होइनन् । यस्तो अवस्थामा यो हाम्रो छालाका लागि हानिकारक हुन सक्छ । रङ किन्दा के ध्यान दिनुपर्छ भने कलर प्याकेटबाट कुनै प्रकारको केमिकल वा पेट्रोलको गन्ध आएको नहोस् ।

पानीमा घोलेर जाँच्नुहोस् : वास्तविक वा नक्कली रंग पानी मार्फत पनि पहिचान गर्न सकिन्छ । यसका लागि पानीमा थोरै रंग मिसाएर जाँच गर्नुपर्छ । यदि रंग पानीमा घुल्दैन भने त्यो प्राकृतिक रंग होइन ।

रंगमा चम्किला कणहरू : रंग खरिद गर्दा प्याकेटमा चम्किलो कणहरू हुनुहुँदैन । यदि त्यस्तो देखिन्छ भने त्यसमा शिशाको मिसावट हुनसक्छ । प्राकृतिक रंगमा कुनै पनि प्रकारको चमक हुँदैन ।

घरमै बनाउनुहोस् रंग : हानिकारक रङबाट जोगिन घरमै सजिलै प्राकृतिक रंग तयार गर्न सकिन्छ । उदाहरणका लागी पहेंलो रङ बनाउन बेसार प्रयोग गरिन्छ। यस्ता घरेलु एवं प्राकृतिक चीजहरू प्रयोग गरेर हर्बल कलर तयार गरिन्छ जुन छालाका लागि पनि राम्रो हुनेछ ।

मिसावटि रंगले अनेकौं समस्या निम्त्याउन सक्छ : मिसावटि रङको प्रयोगका कारण छालाको एलर्जी, टाउको दुख्ने तथा श्वासप्रश्वासमा समस्या हुने गरेको छ । मिसावट भएको रङमा प्रयोग हुने खतरनाक रसायनका कारण क्यान्सर, दम जस्ता गम्भीर रोग लाग्ने डर पनि हुन्छ ।

प्रतिक्रिया