शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीकाे निर्णय
नेपालखोज
२०७९ फागुन २३ गते ११:२९

काठमाडाैं । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकपछि जारी विज्ञप्तिमा यस्तो उल्लेख छ ।
विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरूको कार्यान्वयन हुनुपर्ने कुरामा समेत आफूहरू प्रतिबद्ध रहेको उनीहरूले उल्लेख गरेका छन् ।
संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूको बताएका छन् । शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्ने कुरामा आफूहरू दृढ रहेको ती नेताले उल्लेख गरेका छन् ।

सम्बन्धित
प्रतिक्रिया