मंगलबार, असार १०, २०८२

शिखर इन्स्योरेन्सद्धारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

नेपालखोज २०७७ जेठ ४ गते ९:००

काठमाडौं । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको करीव दुई महिना पुग्न लागेको छ । यो अवश्सथामा सडकमा नागरिकहरुको सुरक्षाका लागि खटिएका ट्राफिक प्रहरीहरुको सुरक्षाका लागि सहज होस् भन्दै शिखर इन्स्योरेन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले ट्राफिक प्रमुख भिमप्रसाद ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । ट्राफिक प्रहरीलाई उपलब्ध गराईएका स्वास्थ्य सामग्रीहरुमा १ हजार ५ सय था फेस शिल्ड, १ हजार ५ सय थान सेफ्टी गगल्स, १ हजार ५ सय थान केएन ९५ मास्क र ५ हजार थान सर्जिकल मास्क, ३ सय बोटल सेनिटाईजर रहेको छ ।

मुलुक संकटको अवस्थामा रहेको र आम नागरिकहरुलाई सुरक्षित गर्ने काममा खटिएका सुरक्षाकर्मीहलाई पनि सुरक्षित गराउनु पर्ने भएकाल कम्पनीका तर्फबाट सहयोग गरिएको इन्स्योरेन्सका प्रमुख दिप प्रकाश पाण्डेले नेपाल खोजलाई जानकारी दिए ।

प्रतिक्रिया