बुधबार, असार ११, २०८२

महेश बस्नेतलाई भेटेर बालेनले भने, ‘मिलेर काम गरौँ’

नेपालखोज २०७९ फागुन २४ गते १३:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतलाई भेट्न भक्तपुर पुगेका छन् । नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन् ।

विगतको असमझदारीलाई टुंगाएर मिलेर काम गर्ने प्रस्ताव गरेको नेता बस्नेतले बताए । भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि बस्नेतको घरमा संगै खाना खाएर छुटेका थिए ।

बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए । यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आएको थिए ।

प्रतिक्रिया