पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया