उपराष्ट्रपतिको उम्मेदवार छान्न जसपाको बैठक बस्दै
नेपालखोज
२०७९ फागुन २५ गते ८:३३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न जसपाले पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो । राष्ट्रपति पदको निर्वाचन आज र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया