नेमकिपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने
नेपालखोज
२०७९ फागुन २५ गते १२:४९

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने भएको छ ।
पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए । नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा तीन जना सांसद छन् ।
यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । अहिले संसद भवन परिसरमा निर्वाचन जारी छ ।
सम्बन्धित
प्रतिक्रिया